रास्वपाले बोलायो सचिवालय बैठक
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । कोषाध्यक्ष लिमा अधिकारीले महाधिवेशनको तयारी, विधान संशोधन, महाधिवेशन कार्यविधि लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिइन् । आउँदो असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको पहिलो महाधिवेशन हुँदैछ ।
