जर्मनले नेपाललाई पौने ४ करोड युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने
काठमाण्डु– जर्मन सरकारले नेपाललाई ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ । मंगलबार काठमाण्डुमा सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा आगामी दुई वर्षका लागि उक्त रकम बराबरको सहयोग गर्ने भएको हो ।
