बुधबार प्रि–ओपन सेसनमा घट्यो सेयर बजार
काठमाण्डु– बुधबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २६९९ मा झरेको छ । यस अवधिमा ६७ कम्पनीको २ हजार ३१७ कित्ता सेयर कारोबार हुँदा १५ लाख ८२ हजारको कारोबार भएको छ । २६ कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ ।
