रास्वपामा विधान संशोधनको तयारी, केन्द्रीय समिति, पदाधिकारी र सचिवालयको संख्या बढ्ने
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा विधा संशोधन गर्ने भएको छ । पार्टीले विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसमितिको संख्या बढाउने तयारी गरेको छ । रास्वपामा अहिले १२९ सदस्यीय केन्द्रीय समिति रहेको छ । पदाधिकारी ९ र सचिवालय १६ सदस्यीय छ ।
