प्रतिनिधिसभाको बैठक सुरु (LIVE)
काठमाण्डु– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ । आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् ।
