महाधिवेशन तयारीका विषयमा सभापति लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनका विषयमा पार्टी सभापति रवि लामिछानेले मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । बुधबार बिहान रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । छलफलमा अधिवेशन सञ्चालन, संसदीय गतिविधि तथा समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको बताइएको छ।
