राष्ट्र बैंकले ल्याएयो दृष्टिविहीनमैत्री ५०० दरका नयाँ नोट
काठमाण्डु – नेपाल राष्ट्र बैंकले पाँच सय दरका नयाँ नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नयाँ नोट प्रचलनमा आएको जनाएको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् ।
