मेलम्चीको पानी वितरणका लागि ठूलो पाइप बिछ्याउन सुरु
काठमाण्डु- मेलम्ची खानेपानी आयोजनाको पानी काठमाण्डु उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार यो नेपालमा पीआईडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज व्यास को पाइप हो ।
