SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

साउनदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाण्डु – नागढुंगा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी