जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
काठमाण्डु – जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् । फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी भएका छन् ।
