नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा
काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले भ्रष्टाचार अभियोग लागेका गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
