राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने एमसीसीको बजेट हटाऔंः नेकपा सांसद् तामाङ
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पर्शुराम तामाङले सांसद तामाङले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको बजेट कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयअन्तर्गतको वनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीको प्रस्तावमा राख्दै उनले एससीसीलाई राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने सम्झौताको संज्ञा दिए ।
