SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षीको माग

काठमाडौं : बिपक्षी दलका सांसदहरुले मंगलबार पनि सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बिपक्षी दलका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पस्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने बताए ।