मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन
मुस्ताङ : भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ मा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ । हिजो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसीन्हर्वु गुरुङले संयुक्त रुपमा भवनको उदघाटन गरेका हुन् । चार वटा ब्लक र सम्बद्ध संरचनाहरुसहितको यो दुई तले छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।
