SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

खाँदबारीमा कैदी हत्या प्रकरण : १५ जनालाई जन्मकैदको सजाय

संखुवासभा : संखुवासभाको जिल्ला कारागार खाँदबारीमा २ जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला सुनुवाई भएको छ । २०८० साउन २४ गते जिल्ला कारागारमा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । २ कैदी हत्या प्रकरणका ७ प्रहरीसहित १५ जनाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए।