SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

जबरजस्ती करणीको आरोपमा तीन जना

कञ्चननपुर : प्रहरीले जबरजस्ती करणीको आरोपमा देशका विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले जबरजस्ती करणको आरोपमा पुनर्वास नगरपालिका–५ बस्ने ५९ वर्षीय सुका डौडेलाई पक्राउ गरेको छ । सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।