SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

राहदानी विभागका महानिर्देशक अख्तियारको नियन्त्रणमा

काठमाडौं : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईमा अनियमितता भएको आशंकामा अनुसन्धानका लागि महानिर्देशक अर्याललाई नियन्त्रणमा लिएको हो।महानिर्देशक अर्यालसँगै सूचना प्रविधिका निर्देशक सुनिल कुमार केसीलाई पनि नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।अख्तियारका अनुसार उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ।