मुग्लिन-मलेखु सडकमा कालोपत्रेको तयारी
चितवन- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ मलेखु सडकखण्डमा कालोपत्रेको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । नागढुङ्गा मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ ।
