वालेन्द्र, संसद् र कांग्रेस
नेपालको संविधानले संसदीय लोकतन्त्रलाई शासन व्यवस्थाको आधार बनाएको छ। यसको मूल मर्म के हो भने सत्ता व्यक्ति होइन, संस्थाबाट चल्छ। निर्णय लोकप्रियताको आवेगबाट होइन, विधि र प्रक्रियाबाट हुन्छ। जनमतको अभिव्यक्ति चुनावमा मात्र होइन, निरन्तर संस्थागत संवादमार्फत हुन्छ। तर पछिल्ला वर्षहरूमा नेपालको राजनीतिक बहसमा एउटा नयाँ प्रवृत्ति देखापरेको छ– निर्वाचित प्रतिनिधिभन्दा ‘बलियो व्यक्ति’प्रतिको आकर्षण। यही प्रवृत्तिको सबैभन्दा चर्चित प्रतीक बनेका छन्, वालेन्द्र शाह।
