चीनका महिलाहरू किन लगाइरहेका छन् पुरुषका कपडा ?
चीन : गर्मी नजिकिँदै जाँदा केक्सिनले आफ्नो कपडाको दराजमा ठूलो परिवर्तन देखिन् । अब उनको दराजमा महिलाहरूका कपडाभन्दा पुरुषहरूको कपडा बढी थियो । शर्ट, टी–शर्ट र शट्र्स उनका प्रेमी वा बुबाका लागि किनिएका थिएनन्–यी सबै उनका लागि नै थिए ।केक्सिन मात्र होइनन् । चीनका धेरै युवा महिलाहरू आफ्नो सामाजिक सर्कल र अनलाइनमा पनि भनिरहेका छन् कि उनीहरू पुरुषहरूको कपडा लगाउन थालेका छन् ।
