SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ।प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।