फ्रीमा विश्वकप हेर्न खोज्दा रित्तिए बैंक खाता !
काठमाडौं : कीर्तिपुर बस्ने आचार्य थरका एक युवकलाई फुटबल औधी मन पर्छ। विश्वकप सुरु भएयता कहाँबाट हेर्ने भन्ने चिन्तामा उनको मोबाइलमा एउटा म्यासेज आयो। जहाँ भनिएको थियो, फ्रीमा विश्वकप हेर्न चाहनुहुन्छ ? तलको लिंक क्लिक गर्नुहोस्।लिंक क्लिक गर्दै, आफ्नो विवरण भर्दै गए, केहीबेरमा उनको मोबाइल ह्याङ भयो। मोबाइल अफ गरेर अन हुँदासम्म उनको मोबाइलमा भएको मोबाइल बैंकिङ एपबाट रकम ट्रान्सफर गरिसकिएको थियो। दुईवटा बैंकमा भएको रकम रित्तिएपछि उनी यतिखेर साइबर ब्युरो धाइरहेका छन्।
