SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बिजलपुरामा महिलाको मृत्यु प्रकरण : श्रीमान, ससुरा र सासू पक्राउ

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरामा रिंकु कुमारी सिंहको 'शंकास्पद' मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति शशीकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललिता देवी सिंहलाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता पञ्चलाल गोलेका अनुसार पीडित पक्षले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि तीन जनालाई नियन्त्रणमा लिइएको हो।