गण्डकीमा करिब ३३ अर्बको बजेट: गाँजा खेती र घरेलु मदिरा ब्रान्डिङ गरिने
पोखरा : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभा बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन्। कुल विनियोजनमध्ये चालुतर्फ ३८.५६ प्रतिशत छ। उक्त रकम १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार हो। पुँजीगततर्फ ६०.६८ प्रतिशत अर्थात २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ छ। वित्तीय व्यवस्थातर्फ भने २५ करोड रुपैयाँ (०.७६ प्रतिशत) विनियोजन गरिएको छ।
