SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा रोक्का गर्न पत्राचार

काठमाडौं : सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो।