SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सेयर बजारमा १२ अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको छ।यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ७ लाख ३९ हजार  ९९८ कित्ता सेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार  ६०९ रुपैयाँमा खरिदबिक्री भए।सेयर बजार दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्युटिकल्स र  अपोलो हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढ्यो।