SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

रोजगारी र उद्यम बजेटको प्राथमिकतामा परेन : क्षितिज थेबे

काठमाडौं : नेकपा एमालेका सांसद क्षितिज थेबेले सरकारले ल्याएको बजेटले रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन तथा उत्पादन वृद्धिजस्ता विषयलाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्। देशको सबैभन्दा ठूलो समस्या बेरोजगारी भए पनि बजेटले त्यसको समाधानका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उनको गुनासो छ।