SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सामुदायिक वनको लाखौं रकम हिनामिना : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : सुर्खेतको भेरीगंगा नगरपालिका–१३ स्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका अनुसार तत्कालीन अध्यक्ष लोकबहादुर महतारा,सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढाले आपसी मिलेमतोमा सामुदायिक वनको सम्पत्तिमा हिनामिना गरी नेपाल सरकार तथा सार्वजनिक संस्थालाई ७ लाख १५ हजार ९१६ रुपैयाँ ५ पैसा बराबरको हानि पुर्‍याएको अनुसन्धानबाट पुष्टि भएको छ।