सरकारको नेतृत्वमा बसेका मान्छेले धम्कीको भाषा प्रयोग गर्न सुहाउँदैन : नेकपा
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले यसअघिका सरकारहरुले गरेको गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद शाहीले सरकारका मन्त्रीहरुले आफ्नो कमजोरी ढाकछोप गर्न यसअघिका सरकारहरुले पनि गलत गरेको आरोप लगाइरहेको भन्दै गलत कामको छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन्।उनले सरकारको नेतृत्वमा बसेका मान्छेहरुले धम्कीको भाषा प्रयोग गर्न नसुहाउने बताए ।
