SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

नवौँ चरणसम्म ३० प्रतिशत मात्रै उत्खनन, किचकबध संरक्षण अझै ओझेलमा

झापा : २२०० वर्ष पुरानो संरचनाको भग्नावशेष फेला परेको झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल किचकबधमा नवौँ चरणको उत्खनन सम्पन्न भएको छ। नवौँ चरण अर्थात् २४ वर्षमा ३० प्रतिशत मात्र उत्खनन सम्पन्न हुँदा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा समस्या देखिएको छ। जसले गर्दा किचकबध नेपाल सम्पदा सूचीमा पनि पर्न सकेको छैन। एक महिनाको छोटो अवधिका कारण किचकबधको उत्खनन कार्यमा ढिलासुस्ती भएको हो। पुरातत्त्व विभागले किचकबधको उत्खनन गर्न वार्षिक १० लाख बजेट छुट्टाउँदै आएको छ।