SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं : चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज भेटवार्ता हुँदैछ। बेइजिङमा स्थानीय समयानुसार आज अपराह्न ५:४५ बजे हुने द्विपक्षीय प्रतिनिधिमण्डलबीच भेटवार्ता हुन लागेको हो।चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणमा नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण  हुने मन्त्रालयले जनाएको छ ।