नवीकरणीय ऊर्जालाई सरकारको प्राथमिकता
काठमाडौं : नेपालको ऊर्जा क्षेत्र तीव्र गतिमा नवीकरणीय स्रोततर्फ केन्द्रित भइरहेको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ ले पनि विद्युत्को प्रयोग बढेसँगै डिजेल र पेट्रोलको प्रयोग करिब १० प्रतिशतले घटेको भनेको छ । करिब ९९.१ प्रतिशत भूभागमा विद्युत्को पहुँच पुगेको छ । जलविद्युत् नेपालको मुख्य ऊर्जा स्रोत हो भने सौर्य ऊर्जा र बायो–इनर्जीलाई परिपूरकका रूपमा विस्तार गरिँदै छ । करिब ४३ सय मेगावाट विद्युत् जडित क्षमतामा करिब १ सय ५० मेगावाट सौर्य ऊर्जाको हिस्सा छ ।
