पुनर्गठनको बहसले एमालेमा तरंग
काठमाडौं : पार्टी रूपान्तरण र पुनर्गठनको बहसले एमालेमा तरंग सिर्जना गरेको छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरू नै पुनर्गठनको पक्षमा खुलेर बोल्न थालेपछि अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई चासो र सतर्कताका साथ हेरिरहेका छन्। पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन भइसकेको छ।गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले बेहोरेको निराशाजनक पराजयपछि पुनर्गठनको बहस सतहमा आएको हो।
