SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

रास्वपा प्रदेश, जिल्ला अधिवेशन : फाउन्डर्स भर्सेस फलोअर्स

काठमाडौं : ‘राजनीतिका लागि लाजनीति गर्दैनौं,’ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिबद्धता छ, ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजर अन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं।’ यस्तै प्रतिबद्धता र चुनावी वाचापत्र सार्वजनिक गरेको उदीयमान दल रास्वपाभित्र भनाइ र गराई अर्थात् प्रतिबद्धता र व्यवहारबीच विरोधाभास देखिएको छ। झन्डै दुईतिहाइ जनमत पाई सत्तामा पुगेको रास्वपाको प्रादेशिक तहका अधिवेशनमा गुट/उपगुुट र झडपका दृश्यहरू दोहोरिएका छन्।