बेइजिङ पुगे परराष्ट्रमन्त्री खनाल : कूटनीति र लगानी आकर्षणमा जोड
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।आइतबार अपराह्न बेइजिङ पुगेका मन्त्री खनाललाई विमानस्थलमा चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
