SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौं : इरानले अमेरिकासँगको प्रस्तावित १४ बुँदे सम्झौताको मस्यौदा पत्र सार्वजनिक गरेको छ । इरानी सञ्चार माध्यम 'मेहर'का अनुसार इरानले यसलाई दुई देशबीच भइरहेको शान्ति सम्झौताको खाकाको रूपमा व्याख्या गरेको छ ।इरानी सञ्चार माध्यमका अनुसार यो मस्यौदा दुवै पक्षबीच भइरहेको गहन कूटनीतिक वार्ताको परिणाम हो । मेहरले यसलाई पूर्ण १४ बुँदे मस्यौदा दाबी गर्दै यसमा इरानका अधिकांश मुख्य मागहरू समावेश गरिएको जनाएको छ ।