बराबरी खेल्दै नेदरल्यान्ड्स र जापानले अंक बाँडे
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गतको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्। डालस स्टेडियममा भएको खेलमा दुवै टोलीले २–२ गोल गर्दै अंक बाँडेका हुन्। पहिलो हाफको खेलमा नेदरल्यान्ड्सले केही दबदबा बनाउन खोज्यो। जापानले पनि पाएको मौकाहरु सदुपयोग गर्ने कोसिस गर्यो। यसको बाबजुत पनि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलमा ४ गोल भयो । ४ वटै गोल दोस्रो हाफमा निस्किए। केही अट्याकिङ मुभहरुपनि देखियो।
