ट्रम्प भन्छन्, ‘इरानसँग आज डिल हुन्छ’, तेहरानले अझै देखाएन हरियो झण्डा
अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सम्झौतामा हस्ताक्षर हुने घोषणा गरे पनि इरानले अहिलेसम्म कुनै अन्तिम निर्णय गरेको छैन । पश्चिम एसियामा तीन महिनादेखि जारी युद्ध अन्त्य गर्ने अमेरिका–इरान सम्झौताबारे तेहरानको धारणा अझै समीक्षाधीन अवस्थामा छ । अमेरिको दावीमा तेहरानले अझै हरियो झण्डा देखाएको छैन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सम्झौतामा हस्ताक्षर हुने घोषणा गरे पनि इरानले अझै कुनै अन्तिम निर्णय गरेको छैन ।
