कोशीमा अपराधको नयाँ स्वरूप, अनुसन्धान चुनौतीपूर्ण
विराटनगर : अपराधको स्वरूप बदलिँदै जाँदा कोशी प्रदेशको अनुसन्धान प्रणालीमाथि नयाँ–नयाँ चुनौती थपिएको निष्कर्ष प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ ले निकालेको छ। सूचना प्रविधिको विस्तारसँगै साइबर अपराध, डिजिटल ठगी, वित्तीय अपराध, मानव बेचबिखन, लागुऔषध कारोबार तथा संगठित अपराधका घटनाहरू बढ्दै जाँदा परम्परागत अनुसन्धान पद्धति प्रभावहीन बन्दै गएको भन्दै अनुसन्धानलाई वैज्ञानिक, प्रविधिमैत्री र व्यावसायिक बनाउनुपर्नेमा अधिकारीहरुले जोड दिएका छन्।
