SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

विराटनगरमा कांग्रेस संस्थापन इतर समूहको प्रदेशस्तरीय भेला, नेतृत्वमाथि प्रश्न

विराटनगर : नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरण, संगठन सञ्चालन र आगामी महाधिवेशनको तयारीलाई लिएर असन्तुष्टि बढिरहेका बेला संस्थापन इतर समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको छ । पार्टीभित्र देखिएका विवाद, कार्यकर्ताको गुनासो र नेतृत्वप्रतिको असन्तुष्टिलाई केन्द्रमा राखेर आइतबार आयोजित भेलामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।