SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

अमेरिकाको मागमा किमको कडा चेतावनी : परमाणु हतियार त्याग्ने प्रश्नै उठ्दैन

सोल : उत्तर कोरियाले आफ्नो परमाणु हतियार कार्यक्रमबारे अत्यन्त कडा र अडिग अडान सार्वजनिक गर्दै ‘रातो रेखा’ कोरेको छ । किम जोङ उन नेतृत्वको देशले परमाणु निशस्त्रीकरणको विषयलाई ‘अपरिवर्तनीय रूपमा अन्तिम टुंगो लागेको मुद्दा’ भन्दै अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको निरन्तर दबाबलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।