भिरबाट लडेर प्यूठानमा युवतीको मृत्यु
प्यूठान : प्यूठानमा भिरबाट लडेर एक युवतीको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–५ गावै माझटोलकी २१ बर्षीया दुर्गा गिरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।भिरविसौना नजिकै अँधेरीखोलामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको बाहानेबाट महेश थापाले जानकारी दिएका छन् । गिरीको तीन बर्षीय छोरा छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
