बर्दिबासको इतिहास बोकेको ‘शंकर दाइको चिया’
बर्दिवास : मुजा परेको अनुहार, मधुर बोली र बोलीमा घोलिएको आत्मीयता। शंकर दाइको चिया भनेपछि जोकोहीको मुखबाट सहजै निस्कन्छ—‘आहा !’ सुप्प–सुप्प पार्दै चिया पिउँदा, गफ–गाफ गर्दै बस्दा, दुःख होस् वा सुख, मिलन होस् वा बिछोड—शंकर दाइको चिया सधैं साथमा हुन्छ। मन बुझाउने उनै शंकर दाइको ‘थापा चिया पसल’ बर्दिबासको परिचित थलो बनेको छ।महोत्तरीको बर्दिबास गाउँबाट सहर बन्दै गरेको बिस्तारित रूप हो।
