धार्के बजारमा कालोपत्रे सुरु, स्थानीयलाई राहतको आशा
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ । लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको सडक विस्तार तथा स्तरोन्नति आयोजनाले पछिल्लो समय गति लिएसँगै स्थानीयवासी, व्यवसायी र यात्रुमा राहतको आशा जागेको छ ।काठमाडौं–पोखरा जोड्ने पृथ्वी राजमार्गको महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको धार्के बजारमा सडक निर्माणको काम लम्बिँदा स्थानीयले धुलो, हिलो र जामको समस्या झेल्दै आएका थिए ।
