SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सुन-चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं: आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। सुन तोलामा १ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको मुल्य २ लाख ९२ हजार  रुपैयाँ पुगेको थियो।महासंघका अनुसार यसदिन चाँदीको मूल्य पनि बढेको छ। ५५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।