बेलायतमा २६ वर्षीय भारतीय युवकको हत्या, रातको अन्धकारमा छुरा प्रहार
बेलायत : बेलायतको पश्चिमी क्षेत्रमा एक भारतीय युवकको छुरा प्रहार गरी हत्या गरिएको छ । घटना पश्चिमी बेलायतको साउथ हल क्षेत्रमा भएको हो ।महानगरीय प्रहरीका अनुसार शनिबार डोर्मर्स वेल्स लेन जंक्शन नजिक केही व्यक्तिहरूले २६ वर्षीय गुरभेज सिंहमाथि छुरा प्रहार गरेका थिए ।घटनामा उनका एक साथीमाथि पनि आक्रमण भएको थियो, तर उनलाई सामान्य चोट लागेको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ ।
