वृद्ध दम्पतीको लोभलाग्दो लिचीखेती
बुटवल : उमेर हेर्दा उनैलाई स्याहार गर्नुपर्ने हो। घरमा सहारा दिने अरू कोही छैनन्। पाँच सन्तानका बुवा आमा हुन्। नातिनातिना समेत बुवाआमासँगै बुटवल र काठमाडौंमा बस्छन्। चाडपर्वमा सहर पसेका छोराछोरी र नातिनातिना आउँदा घर भरिलो त हुन्छ तर अरू बेला एक्लै बस्नुपर्दा उनीहरूको मनमा खिन्नता भने छाएको छ। ८२ वर्षीय गोपालप्रसाद ज्ञवाली र उनकी ७० वर्षीया श्रीमती लक्षिमा ज्ञवालीलाई भुलाउने एउटा उपाय बनेको छ, बारीभरिको खेतीपाती र लटरम्म फलेका लिचीका बोटहरू।
