टर्कीएमाथि युवा टोली अष्ट्रेलियाको जित
काठमाडौं : फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत अष्ट्रेलियाले टर्कीएलाई २–० ले पराजित गरेको छ । क्यानडाको बीसी प्यालेस स्टेडियममा भएको खेलमा पहिलो हाफमा इरानकुन्डाको गोलमार्फत अग्रता बनाएको अष्ट्रेलियाका लागि खेलको ७५ औं मिनेटमा कोरन मेट्काल्फले उत्कृष्ट गोल गर्दै अष्ट्रेलियाको जित सुनिश्चित गरेका हुन् । यो खेलमा अष्ट्रेलियाका १० खेलाडी पहिलो पटक विश्वकप खेलिरहेका खेलाडी हुन् । अष्ट्रेलियाको युवा टोलीको प्रदर्शन निकै नै आकर्षक रह्यो ।
