SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

फूल टिप्न जाँखा आँगनमै हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि बस्ने ६२ वर्षीया पद्मा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयका अनुसार वृद्धा पौडेल बिहानै उठेर पूजाका लागि फूल टिप्न आँगनमा पुगेकी थिइन् । गाउँमा हात्ती आएको भन्दै स्थानीयले कराउँदै थिए । गाउँमा हात्ती आएको थाहा पाएर घरभित्र पस्न खोज्दा हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु हो ।