SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

धानखेतबाट बनेको सानो पोखरीबाट चर्चित गन्तव्य बन्यो रानी ताल

राजारानी (धनकुटा) : धनकुटाको दक्षिण–पूर्वी भेगमा पर्ने चौबिसे गाउँपालिका–६, राजारानी अहिले पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको छ। राजारानीमा धनखेतबाट बनेको रानी तालले सानो पोखरीको ठूलो पहिचान बनाउन सफल भएको छ। राजारानीको रानी ताल अहिले पर्यटकीय गन्तव्यका रूपमा निक्कै चर्चित छ। केही वर्षअघिसम्म सामान्य ग्रामीण भू–भागका रूपमा रहेको यो ठाउँ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।